General

यो बिशेष गरि नेपालका स्कुल-कलेजका छात्र-छात्रा हरुको लागि तयार पारिएको शैक्षिक यात्रामा हामीले बिशेषगरि नेपालका ऐतेहसिक महत्व बोकेको र प्राकृतिक स्वोंदर्यले भरपुर उत्तर-पूर्वी क्षेत्रहरु लगायत पहाडकी रानी भनि चिनिने दार्जीलिंग र सिकिमलाई समावेश गरेका छौं|

वास्तवमा सुरुनै प्राकृतिक सोंदर्यकि खानी र नेपाली भाषीहरुको जन्मथलो दार्जीलिंगबाट सुरु भएर त्यहाको ऐतिहासिक र पर्यटन स्थलहरु अवलोकन गर्दै भारतकै अर्को राज्य सिक्किम पसी त्यहाँका ऐतिहासिक गुम्बा र मनोरम सहर गान्तोक अवलोकन गर्नेछौं|तत्पश्चात भने हामी तपाईंहरुलाई हाम्रोदेश नेपाल भित्रको पूर्वक्षेत्रमा रहेको धरान र भेडेटार हुदै सिता देवीले जन्मलिनु भएको हिन्दुहरुको महान तिर्थस्थल जनकपुर पुर्याउने छौं| त्यसपछि को हाम्रो यात्रा चितवनको सौराहा को बन्यजन्तु आरक्षन क्षेत्र हुदै पश्चिममा भगवान बुद्धको जन्मस्थल अवलोकन गर्नेछौंI

नेपाल-भारतको सिमाक्षेत्र नजिक अवस्थित ऐतिहासिक महत्वो बोकेको भगवान बुद्धको जन्मस्थलको भ्रमण पछि हामी अर्को हाम्रो पुर्खौली इतिहास बोकेको स्थल पाल्पाको तानसेन हुदै प्राकृतिक स्वन्दर्यले भरपुर नगरी पोखरा पुग्ने छौं| अन्तमा हामी नेवारी परम्परा बोकेको अर्को ऐतिहासिक नगरी बन्दीपुर हुदै काठमाडौँ फर्कनेछौं|

आइटिनेरिखर्च
१ दिन: काठमाडौँ बाट प्रस्थान:
काठमाडौँमा जम्मा हुने र बसबाट भोलि बिहान सबेरै इलामको फिक्कलको लागि रातिको यात्रा तय गरिने|
२ दिन: फिक्कल इलम:
बिहान सबेरै फिक्कलको श्री अन्तुडाँडामा सुर्योदया अवोलोकन गरिने र मध्यान् पछि नेपालकै मनोरम चियाबगान फिक्कल स्थित कन्यामको अवलोकन गरिने|
३ दिन: फिक्कल – दार्जीलिंग:
आज हामी पशुपतिनगर स्थित नेपाल-भारत सिमाक्षेत्र पार गरेर दार्जीलिंगको लागि प्रस्थान गर्नेछौं| समय बाकी रहे अझै दिउसो हामी श्री तेञ्जिङ्ग शेर्पा Mountainering Institue  र  Zoo  को भ्रमण गर्नेछौं|
४ दिन: दार्जीलिंग:
आज बिहानै हामी प्रशिद्ध प्रयटन स्थल Tiger Hill सुर्योदय र Kanchenjunga को दृश्य अवलोकन गर्ने छौ र फर्केर दार्जीलिंग महाकालबाबाको मन्दिर दर्सन गर्नेछौ र बाकी दिन दार्जीलिंग बजार घुम्ने छौं|
५ दिन: दार्जीलिंग – गान्तोक (Gangtok) :
आज सबेरै हामी गान्तोकको लागि निस्कने छौंI
आजको लामो यात्रा पश्चात बचेको समय गान्तोक बजार घुमेनेछौं|
६ दिन: गान्तोक:
आज हामी रुम्तेक गोम्पा लगायत अरु मनोरम स्थलहरु घुम्नेछौं|
७ दिन: गान्तोक – धरान:
बिहान सबेरै यात्राको थालनी हुनेछ किनकि हामी बोडर परगरि नेपाल तर्फा फर्कने छौं| सिमा पारगरी ककडीभीट्टा र इटहरी हुदै धरानमा आइ बास बस्नेछौंI
८ दिन: धरान:
आज हामी धरान बजार, भेडेटार र बुडासुब्बाको मन्दिर दर्सन गर्नेछौं|
९ दिन: धरान – जनकपुर – सौराह (चितवन):
बिहान सबेरै यात्राको थालनी हुनेछ किनकि हामी जनकपुरमा मन्दिर दर्सन गरि सो हि दिन चितवनको सौराहा पुग्नेछौं|
१० दिन: सौराह (चितवन):
आज हामी दिनभरी चितवन राष्ट्रिय निकुन्जमा पाइने बन्यजन्तु हेर्ने हात्तिको सवारी र थारुहरुको बस्ति घुम्नेछौ र उनीहरुको संस्कृति र परम्पराबारे जानकारीलिने छौं|
११ दिन: सौराह (चितवन) – लुम्बिनी:
चितवन राष्ट्र निकुञ्जमा बिहानीको जुन्गले वालक प्रोग्राम पछिको खाजा खैसके पछि हामी लुम्बिनी भगवान बुद्धको जन्मस्थल भ्रमण तर्फा लाग्ने छौंI लुम्बिनीमा भगवान बुद्धको जन्मस्थल मायादेभी मन्दिर, तिलौराकोट र विभिन्न छिमेकि राष्ट्रहरुले निर्माण गरेको सान्ति स्तुपा, मठ र मन्दिरहरु अवलोकन गर्नेछौं|
१२ दिन: लुम्बिनी – पाल्पा:
बिहानको खाजा पश्चात हामी हाम्रो अर्को गन्तब्य पाल्पाको श्रीनगर तिर प्रस्थान हुनेछौंI  गर्नेछौं| पाल्पाको एतिहासिक महत्वो बोकेको पाल्पाली राजदरबार, प्रशिद्ध ढाकाको कपडा बनाउने कारखाना साथ साथै पाल्पाबजार को अवलोकन साथ साथै त्यहाँबाट देखिने हिमालयक मनोरम दृश्य पाल्पा भ्रमणको मुख्य आकर्षणहरु हुनेछन्|
१३ दिन: पाल्पा – पोखरा:
आज हामी पाल्पा देखि पोखरातर्फ प्रस्थान हुनेछौंI
सम्भवत हामी मध्यान्न पछि नेपालकै सुन्दर नगरी पोखरा पुग्नेछौं र समयले साथ् दिए अझै फेवातालमा डुंगा छाडेर बाराही मन्दिर दर्सन गर्नेछौंI इस्मरण रहोस, सधर्न्तय बेलुकीपख फेवातालमा हावाको चाप बढ्नेहुनाले डुंगा चाडनु खतरा मानिन्छI येदि येसोभएको खण्डमा हामी भोलि बिहानीपख यो कार्य पुरा गर्नेछौं|
१४ दिन: पोखरा:
बिहान सबेरै सरनकोटमा सुर्योदय हेर्न जानेछौं| यहाबाट देखिने अन्नपुर्ण हिम्सृन्खला र सुर्योदयको दृश्य अत्तिनै मनोरम मानिन्छ र बर्सेनि हजारौंको संख्यामा यहाँ बिदेशी र अन्तरिक पर्यटकहरु भेलाहुने गर्दछन| उप्रान्त हामी पोखरा नगरीमा रहेको डेविस फल (पातले छाँगो), गुप्तेस्वरमाहदेवको गुफा, जापानिज टेम्पल, बिन्दबसिनी मन्दिर र महेन्द्र गुफाहरु अवलोकन गर्नेछौं|
१५ दिन: पोखरा-बन्दीपुर-काठमाडौँ:
बिहान सबेरै को खाजा पछि हामी बन्दीपुर तर्फा लाग्नेछौं| नेवार समुदायको बसोबास रहेको एउटा ऐतेहासिक र प्राकृतिक दृष्टिकोंले मनोरम ठाउं बन्दीपुरको अवलोकन गरि हामी काठमाडौँ तर्फा लाग्नेछौं र यो हाम्रो दुई हप्ताको रोचक र शैक्षिक यात्रा टुङ्ग्यौने छौं|

प्रति छात्र/छात्रा रु.
प्रति शिक्षक रु.

खर्चमा सामेल थोकहरु : -
- यात्रा भरि गाडीको व्यवस्था हुने छ|
- साधारण होटेल/लजमा बस्ने व्यवस्था मिलाइने छ, २ जना, ३ जना र ४ जना अटाउँने कक्षहरु मा|
- साधारण नेपाली लगायत इन्डियन खानको व्यवस्था हुनेछ|
- लाग्ने सरकारी कर र ब्वास्थापन खर्च|
- लाग्ने सरकारी कर र ब्वास्थापन खर्च|

अन्य सामेल नगरिएको खर्चहरु: -
# जुनै पनि पेय प्रदर्थ साथै मिनिरल वाटर|
# आफुले गर्ने खर्च|
# भ्रमण बिमा|
# आपतकालीन खर्च यदि बन्द हड्तालमा परेमा या रेस्क्यु गर्नु परेमा|
# कुनै मन्दिर, मठ या गुम्बामा प्रबेस शुल्क लागेमा|
# व्यक्तिगत खर्च एव: औषधि खर्च|
# अन्य सवारी खर्च यदि कुनै आपतकालीन बन्द, प्राकृतिक प्रकोप, पहिरो र बाटो अभारुद्ध भएको खण्डमा र यात्राको आइटिनेरी समाबेश बहेको अन्य ठाउमा जाने इच्छा ब्यक्त गरेको खण्डमा|

Available departures

16

Unfortunately, no places are available on this tour at the moment

Tour score and score breakdown

9 / 10

Based on 1 reviews

Overall
9   
Accommodation
7   
Transport
9   
Meals
8   
Guide
10   
Value for money
7   
Program accuracy
9   

Guest reviews

  • lopsangnp
    2014-09-18

    Very nice and knowledge based porgram

    Nothing